७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ८१७ सहित उपत्यकामा थपिए ९४३ कोरोना संक्रमित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । काठमाडौँ उपत्यकामा थप ९ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ८ सय १७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ गरी उपत्यकामा ९ सय ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

वुधबार उपत्यकामा ९ सय २ जना संक्रमित थपिएका थिए ।

देशभर बिहीबार थप १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ५ सय ९जनाको मृत्यु भइसकेको छ ।