७ कार्तिक २०८३, शनिबार

नेपालमा ओपो एफ १७ प्रोको बिक्री आरम्भ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । ओपोले नेपालमा आजबाट एफ १७ प्रोको बिक्री आरम्भ गरेको छ ।

कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्ट फोनको बिक्री खुल्ला गरेको हो । सेप्टेम्बर २७ मा एक अनलाइन लञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ १७ प्रोका साथमा एन्को डब्ल्यू ५१ र ओपो वाट्चेज पनि सार्वजनिक गरेको थियो ।

नेपालमा ओपोको दोस्रो अनलाईन लञ्च ईभेन्टमा नेपाली चलचित्र जगत्का लोकप्रिय स्टार्स, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप विक्रम शाही, नयिका तथा मोडल अलिशा राईका साथै फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईले पनि उपस्थिती जनाएका थिए ।

नेपालमा ओपो एफ १७ प्रोको मूल्य

८ जीबी र्‍याम १२८ जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ १७ प्रोको मूल्य नेपालमा रु. ४३ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन म्याजिकब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

फोनका विशेषताबारे संक्षिप्त जानकारीः

ओपो एफ १७ प्रोमा ६.४३ ईञ्च सुपर एमोलेड एफएचडी+ डिस्प्लेका साथमा १६ एमपी + २ एमपी फ्रण्ट क्यामेरा सेटअपका लागि डुअल पञ्चहोल कटआउट दिइएको छ ।

यस स्मार्टफोनको ब्याक प्यानलमा ४ ओटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ । तिनमा ४८ एमपीको प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइट, २ एमपी माक्रो र २ एमपी डेप्थ सेन्सर रहेका छन् ।

ओपोका अनुसार एफ १७ प्रो “सन् २०२० कै स्लिकेस्ट फोन” हो । यसको मोटाई ७.४ एमएम अल्ट्रा(थिन र वजन जम्मा १६४ ग्रामको अल्ट्रा-लाइटवेट बडी छ ।

एफ १७ प्रोमा मिडिया टेक हेलियो पी ९५ एआई चिपसेटका साथमा ८ जीबी ¥याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको छ ।

यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार यसमा रहेको थ्रीकार्ड स्लोटका माध्यमबाट सञ्चय क्षमतालाई ५१२ जीबी सम्म बढाउन सक्छन् ।

एफ १७ प्रोको एन्टि ल्यागिङ अल्गोरिथमले मेमोरी एरर उत्पन्न गराउन सक्ने डाटाको पहिचान गरी तिनको सफाइगर्ने क्षमता राख्छ । यसले गर्दा स्टटर्स र फ्रिज हुने जस्ता समस्या आउन पाउँदैन ।

त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३० वाट भोक फ्ल्याश चार्ज प्रविधि सुसज्जित ४,००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा ईनडिस्प्ले फिंगर प्रिन्ट स्क्यानर र उपकरण अन लकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।

ओपो एफ १७ प्रोमा एण्ड्रोइड १० मा आधारित कलर ओएस ७.२ सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ । ओपो १७ प्रो नयाँ कलर ओएस भर्जनका साथमा सार्वजनिक हुने पहिलो ब्याट्चका स्मार्टफोन्स मध्यको हुनेछ । प्रयोगकर्ताका जीवनस्तर उकास्न यसमा अझ बढी फञ्शन्सहरु उपलब्ध गराइएका छन् ।

एन्को डब्ल्यू ५१ र ओपो वाट्चेजको पनि बिक्री खुल्ला

एफ १७ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्को डब्लयू ५१ र ओपो वाट्च पनि आजैका मितिबाट उपलब्ध गराएको छ ।

ओपो वाट्च, ४१ एमएम र ४६ एमएम गरी दूई भ्यारिन्टमा उपलब्ध हुनेछ । तिनको मूल्य क्रमशः रु. २४ हजार ९ सय ९० र रु. ३४ हजार ९ सय ९० निर्धारण गरिएको छ । त्यसैगरी, ओपो एन्को डब्ल्यू ५१ को मूल्य ८ हजार ९ सय ९० निर्धारण गरिएको छ ।