
काठमाडौँ, १५ असोज । सुर्खेतमा मृत भेटिएकी महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वीरेन्द्रनगरस्थित पीपीरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको वुधबार कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । भेरीगंगा नगरपालिका १ घर भएकी उनी कोठा भाडामा बस्दै आएकी जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनको शवको नेपाली सेनाले दाहसंस्कार गरेको छ ।















प्रतिक्रिया