७ कार्तिक २०८३, शनिबार

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज.। कोहलपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् ।

उनका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिला रहेका छन् ।

उपचारको क्रममा उनीहरुको बिहीबार मृत्यु भएको हो ।

मृतक पुरुषमा गत असोज १० गते कोरोना पुष्टि भएको थियो । उनलाई १२ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो ।

त्यस्तै, सुर्खेतकी महिलामा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई असोज ८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनी पित्त थैलीसम्बन्धिबाट ग्रसित थिइन् ।