७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ६९७ सहित उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । काठमाडौँ उपत्यकामा थप ९ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय ९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ गरी उपत्यकामा ९ सय २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मंगलबार उपत्यकामा ९ सय ३४ जना संक्रमित थपिएका थिए ।

देशभर वुधबार थप १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय ९८ जनाको मृत्यु भइसकेको छ ।