
काठमाडौँ, १३ असोज । सरकारले लकडाउनमा बन्द रहेका सबै क्षेत्रहरु खुलाउने तयारी थालेको छ ।
मंगलबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु खुलाउने प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
बन्द रहेका क्षेत्रहरु खुलाउन सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर प्रस्ताव ल्याउने र के कसरी सम्भव छ भन्नेबारे छलफल हुने जनाइएको छ ।
हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र अझैसम्म बन्द छन् ।
त्यस्तै, केन्द्रले विदेशबाट ल्याइने उद्धार उडानलाई थप व्यवस्थित गर्न निर्णय गरेको छ ।
त्यस्तै, कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण तथा रोकथाम गर्न विभिन्न जनचेतानमुलक कार्यक्रम गर्ने पनि निर्णय भएको बताइएको छ ।
यद्यपि हालसम्म बन्द रहेका क्षेत्रहरु दशैँअघि खुल्ने सम्भावना भने कम रहेको बताइन्छ ।















प्रतिक्रिया