७ कार्तिक २०८३, शनिबार

थप १५ सय १३ जनामा कोरोना पुष्टि, ७३१ निको

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ७६ हजार २ सय ५८ नाघेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ७ सय ३१ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।

हाल देशभर २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।