७ कार्तिक २०८३, शनिबार

सकियो ओली–प्रचण्डबीच भेटवार्ता, के के भयो छलफल ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

मंगलबार बालुवाटारमा भएको छलफलमा पनि मन्त्रिपरिषद पुनर्गठनको विषयमा केही ठोस निष्कर्ष भने ननिस्केको स्रोतले जनाएको छ ।

उनीहरुबीच एक हप्तादेखि निरन्तर चलेको छलफलमा अझै सहमति हुन सकेको छैन ।

स्रोतका अनुसार प्रचण्डले अधिकांश मन्त्री फेर्नुपर्ने प्रस्ताव राखेका छन् भने प्रधानमन्त्री ओली ६ जना मन्त्री हेरफेर गर्ने अडानमा छन् ।

प्रधानमन्त्री ओलीले ३ वटा मन्त्रालय फुटाउने र ३ वटा थप्ने प्रस्ताव गरेका छन् ।

प्रचण्डले भने सरकारको काम सकारात्मक बनाउन २ वर्ष काम गरिसकेका मन्त्रीलाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उनीहरुबीच हालसम्म सहमति हुन नसक्दा मन्त्रिपरिषद पुनर्गठन हुन सकिरहेको छैन ।