७ कार्तिक २०८३, शनिबार

माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, १३ असोज । स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार वालिङ ११ पेखुको पनेरगैह्रामा मंगलबार बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।

पुरिएर गम्भीर घाइते भएकी वालिङ ११ का ३९ वर्षका दुर्गा थापाको उपचारका क्रममा ज्यान गएको हो ।

त्यस्तै, ३५ वर्षकी मुना थापा र ३१ वर्षका नारायणी सिंजालीको उपचार भइरहेको छ ।

मुनाको खुट्टा भाचिएको ग्रहौं प्राथमिक अस्पतालले जनाएको छ ।