७ कार्तिक २०८३, शनिबार

झापामा एक ६५ वर्षीया महिलाको निर्मम हत्या

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, १३ असोज । झापामा एक ६५ वर्षीया महिलाको निर्मम हत्या भएको छ ।

गौरादह नपा १ निवासी बर्ष ६५ की मनमाया भण्डारीको आफ्नै घरभित्र सोमबार विभत्स हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै हात पछाडी बाधेर घोप्टो परेको अवस्थामा घरको कोठाभित्र शव भेटिएको थियो । शव सोमबार ४ बजे भेटिएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटना भएलगत्तै धरानबाट तालिमप्राप्त कुकुर समेतले अनुसन्धान गरेपनि घटनामा संलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि सुनसरी धरानस्थित घोपाको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।

सोमबार श्रीमान भिमबहादुरले लामो समय छोडेको घर सफा गर्न श्रीमतीलाई छोडेर आफु मध्यान्ह्र गौरिगञ्ज गएको बताएका छन् । साढे चार बजेतिर फर्कदा श्रीमतीको हत्या भएको अवस्थामा फेला परेको बताइएको छ ।