
काठमाडौँ, १३ असोज । धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका कोरोना संक्रमितको पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुष रहेका छन् । उनमा नोबेल मेडिकल कलेजमा कोरोना परीक्षण गराउँदा असोज ५ गते कोरोना पुष्टि भएको थियो । उनलाई भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गराउँदै गर्दा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
यससँगै बीपी प्रतिष्ठानमा उपचाररत ३६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया