वीरगन्ज (पर्सा), ६ चैत । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घका शाखाहरु भौतिकरुपमा सक्षम हुनु मुलुकभरका पत्रकारका लागि गर्वको कुरा भएको बताउनुभएको छ ।
वीरगन्ज उपमहानगरपालिका–१५ मा निर्माणाधिन नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको भवन अवलोकन गर्दै उहाँले पर्सा शाखाले छोटो समयमा भवन निर्माणको विषयमा गरेको प्रगतिले आफूलाई हर्षित् बनाएको बताउनुभयो । उहाँले पत्रकार महासङ्घ पर्सा शाखालाई अत्याधुनिक भवनसहितको आफूले हेर्न चाहेको र पर्सा शाखालाई सक्दो सहयोग गर्न आफूसहित केन्द्रीय समिति तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले भवन निर्माणको अवस्थाको विषयमा डा विष्टलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतो, शाखाका निबर्तमान अध्यक्ष केसी लामिछाने, पूर्व अध्यक्ष शत्रुघन नेपाललगायतको उपस्थिति रहेको थियो भने शाखाका उपाध्यक्ष ध्र्ुब साह र सचिव कृष्णउदास खनालले पनि बोल्नु भएको थियो ।















प्रतिक्रिया