मकवानपुर, १२ असोज । हेटौँडामा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
हटौँडा उपमहानगरपालिका ८ स्थित महाशक्ति सोप साबुन फ्याक्ट्रीको कार्टुन गोदाममा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा कार्टुन, रेपर र केमिकल समेत जलेर करिब ५० लाख रुपैयाँ मुल्य बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस
घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस