काठमाडौँ, १० असोज । नेपालमा थप १ हजार ५ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ७३ हजार ३ सय ८४ नाघेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय ८५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।
हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस