३ कार्तिक २०८३, मंगलबार

वाग्लुङमा चुनावी अभियान तिव्र, एमालेको अभियान मालिकाको ८ र ९ वडामा पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mana-kc-1– रबिना बोहरा
बागलुङ, ६ चैत । चैत २८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ ले सञ्चालन गरेको निर्वाचन अभियान अन्तरगत शुक्रवार मालिका वडा नं. ८ र ९ मा घरदैलो, भेटघाट तथा चुनावी सभा सम्पन्न भएको छ ।

साघ खोलामा आयोजित चुनावी सभामा बोल्दै एमालेका उमेदवार मनकुमारी जिसी केसीले मुलुकको आर्थिक विकासका लागि पर्यटनको महत्वपूर्ण भूमिका रहेको र मालिका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि एमालेले लिएको बहुदलिय जनवाद मार्गदर्शन सिद्धान्त भएको दावी गर्दै उहाले एमालेको नीति कार्यान्वयन गर्नका लागि नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सभासद नरबहादुर थापा, युवा संघ नेपालका पूर्व महासचिव युवा नेता इन्द्रलाल सापकोटा, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष सावित्रा राना, एमाले जिल्ला सदस्य नविन किसान, एमाले केन्द्रीय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, समाजसेवी बाबुराज कार्की, एमालेका जिल्ला सल्लाहकार कृष्णराज शर्मा, पूर्व जिल्ला सचिव शिव सापकोटा, क्षेत्रीय सचिव खेमराज सापकोटा, नगर अध्यक्ष खगराज पाण्डे लगायतले एमालेका उमेदवार मना केसी राजनीतिक, सामाजिक आन्दोलनका सक्रिय अभियन्ता भएकाले सहयोग गर्न आव्हान गर्नु भएको छ ।

कार्यक्रम नेकपा एमाले मालिकाका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता र उपाध्यक्ष प्रकाश केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । एमालेका उमेदवार मनकुमारी जिसी केसी सहितको टोलीले भोली मालिकामा घरदैलो, भेटघाट तथा चुनावी सभा गर्दैछ ।

यस्तै आजै सिगाना, हरिचौर, हिलमा सम्पर्क कार्यालय उद्घाटन तथा अक्षेते बजारमा पाला, भीमापोखरा, धम्जा, तंग्राम र बिहु कमाण्डको भेला सम्पन्न भएको छ । भेलाले उक्त कमाण्डको निर्वाचन परिचालनका लागि जिम्मेवारी तोक्ने इन्चार्ज हिराबहादुर केसीले जानकारी दिनुभयो ।