७ कार्तिक २०८३, शनिबार

सुनका गहनासहित २ पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कञ्चनपुर, ११ असोज । पुनर्बास नगरपालिका ११ डोकेबजारबाट करिब ४ सय ४० ग्राम ६ सय ३० मिलीग्राम सुनका विभिन्न गहना सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा डोटी केआई सिह गाउँपालिका २ बस्ने २२ वर्षीय मोहन कामी र सोही ठाउँ बस्ने १९ वर्षीय सुनिल भुजेल रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त सुनका गहना सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।