३ कार्तिक २०८३, मंगलबार

रामेछापको एक विद्यालयमा तालाबन्दी, विद्यार्थीहरु मारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

talabandi– कैलाश खत्री 

मन्थली ६ चैत । एक बर्षदेखि विद्यालय व्वस्थानपन समिति गठन हुन नसक्दा रामेछापको डडुवामा रहेको सिद्धार्थ जनज्योति निमावि अस्थव्यस्थ भएको छ ।

विद्यालयमा नियमित पठन पाठन हुन सकेको छैन् । विद्यालयका प्रअलाई पटक पटक विव्यस गठन गर्न आग्रह गर्दा नमानेको भन्दै आविभावकहरुले चैत्र ४ गतेबाट विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरी दिएका छन् ।

विद्यालको आर्थिक अवस्था बारे बेखबर रहेको अविभावकहरुको भनाई छ । अभिभावकहरुले तत्काल विद्यालय व्यवस्थापन समिति गठन नगरीए ताला नखुल्ने चेतावानी दिएका छन् ।

विद्यालयको भद्रगोल अवस्थाले गर्दा बार्षीक परिक्षाको तयारीमा रहेका विद्यार्थीहरु निकै मार्कामा परेका छन । पटक पटक विव्यस गठन माग गर्दा प्रधानाअ केशरी मोक्तानले अटेर गरेको अभिभावकहरुको आरोप छ ।

प्रअ मोक्तानले वि.व्य.स. गठन नहुनुमा आफू दोषी नरहेको बताउदै आएकी छिन । प्रधानध्यापले विद्यालयलाई मन लाग्दी ढंगले सञ्चालन गरेको अविभावकहरुको आरोप रहेको छ । प्रअले आफू अनुकुल निर्णय गर्दै काम गर्ने गरेको अविभावक कुमार मोक्तानले बताउनु भयो ।

सो विद्यालयमा अहिले २ जना शिक्षकले मात्र पढाइरहेका छन । अन्य शिक्षकहरु भएपनि अध्यापन गराउन विद्यालयमा उपस्थित भएका छैनन् ।