
काठमाडौँ, १० असोज । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको ७३.४ प्रतिशत निको भएका छन् । मन्त्रालयका अनुसार ५३ हजार १३ जना निको भइसकेका छन् । त्यस्तै, अहिलेसम्म ४६७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार ८ जिल्लाहरु मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा ५ सय भन्दा बढी कोरोना संक्रमितहरु रहेका छन् ।
त्यस्तै, ६ जिल्लाहरु मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ ।















प्रतिक्रिया