७ कार्तिक २०८३, शनिबार

होम आइसोलेसनमा बसेका बर्दियाका एक कोरोना संक्रमितको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज । होम आइसोलेसनमा रहेका बर्दियाको गुलरियामा एक ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि शनिबार भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो ।

तर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

उनमा असोज ७ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।