७ कार्तिक २०८३, शनिबार

थप १२ सय ७ जनामा कोरोना पुष्टि, ११ सय ४७ निको

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज । नेपालमा थप १ हजार २ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ७१ हजार ८ सय २१ नाघेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार १ सय ४७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ४ सय ६७ जना पुगेको छ ।