७ कार्तिक २०८३, शनिबार

रौतहटमा एक दम्पतीमाथि आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १० असोज । रौतहटमा एक दम्पतीमाथि आक्रमण हुँदा एक महिलाको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् ।

देवाही गोनाही ५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि ४ जनाको समूहले धारिलो हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते भएका तिवारी दम्पतीलाई उपचारको लागि वीरगञ्ज लगिएको थियो ।

जगरामीको मृत्यु भएको छ भने महेशको अवस्था गम्भीर छ ।

उनीहरुमाथि देवाही गोनाही ५ का सोनालाल मुखिया, प्रजित मुखिया र बलिराम मुखियासहित ४ जनाले आक्रमण गरेका थिए ।

जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका महेश तिवारी दम्पतीलाई शुक्रबार साँझ आक्रमण भएको थियो ।

प्रहरीका अनुसार उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै आक्रमण भएको अनुमान छ । आक्रमण गर्ने ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।