७ कार्तिक २०८३, शनिबार

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले विशेष प्याकेज ल्याउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ ।

कोरोना संक्रमणका कारण भएको लकडाउन र निषेधज्ञाले करिब ६ महिनादेखि ठप्प बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने बित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए ।

मन्त्री भट्टराईले राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताए ।

उनले यस अभियानमा साथ दिन नीति क्षेत्रहरुलाई पनि आग्रह गरेका छन् ।

आगामी २ वर्षसम्म विश्वका जुनसुकै मुलुकले पनि आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने नीति अनुरुप नेपालले पनि धरायसी बनेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनले उकास्न सहयोग पुग्ने मन्त्री भट्टराईले बताए ।

त्यस्तै, उनले हप्तामा २ दिन विदा व्यवस्थाका लागि पनि अन्तरमन्त्रालयहरुसँग छलफल भइरहेको बताएका छन् ।