७ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री पद बचाउन केन्द्र सरकारसँग लालबाबुकाे लफडा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुनः केन्द्र सरकारसँग टसल लिएका छन् । प्रहरी परिचालनको विषयलाई लिएर मुख्यमन्त्री राउतले केन्द्र सरकारलाई चुनौति दिएका हुन् ।

मुख्यमन्त्री राउतले सधै केन्द्र सरकारसँग तनाब लिने गरेका छन् । तत्कालीन सामाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राउतलाई नयाँ दल जनता समाजवादी पार्टी (जसपा)बाट हटाउन षड्यन्त्र भएपछि केन्द्र सरकारसँग विवाद झिकेका हुन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरणपछि बनेको जसपाबाट राउतलाई हटाउन दवाव छ । दवावमा परेका राउतले मुख्यमन्त्री पद बचाउन प्रहरी परिचालनको विषय उठाएका हुन् ।

सात वटा प्रदेश कसैले पनि केन्द्र सरकारसँग विवाद गरेका छैनन् । तर, आफूलाई संकट पर्दा कुर्सी बचाउन प्रदेश २ का मुख्यमन्त्री राउतले बखेडा झिक्ने गरेका हुन् ।

राउतलाई हटाउन जसपाका नेताहरू लागेका छन् । राउतलाई हटाउन तीन–चार महिना अगाडि प्रदेश २ का सांसदहरूले शीर्ष नेताहरूलाई भेटेरै दवाव दिएका थिए ।

मुख्यमन्त्री बन्न जितेन्द्र सोनल, मनीष समुनलगायतका नेताहरूको दाबी छ । हल्लिएको मुख्यमन्त्रीको पद बचाउन राउतले केन्द्र सरकारसँग लफडा गरेको चर्चा छ ।