७ कार्तिक २०८३, शनिबार

गोदावरी र महालक्ष्मी नगरपालिकाका प्रमुख दम्पतीमा कोरोना संक्रमण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असोज । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी धर्मपत्नी गङ्गामायालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरुको जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनीहरुले असोज ६ गते स्वाब संकलन गरिएको थियो ।

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेका छन् । मेयरले आफूसँग सम्पर्कमा आएकाहरुलाई तुरुन्तै परीक्षण गर्न अनुरोध गरेका छन् ।

त्यस्तै, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक वुधबार कोरोना पुष्टि भएको छ । हाल उनीहरु ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत रहेका छन् ।