
काठमाडौँ, ९ असोज । सरकारले नेपाल उद्योग वाणिज्य महासंघलाई साधारणसभा गर्न स्वीकृत दिएको छ ।
महासंघ अध्यक्ष भवानी राणाले महासंघको प्रस्ताव अनुसार नै गृह मन्त्रालयले स्वीकृति दिएको जानकारी दिइन् । चुनावमा २५ जनाभन्दा बढी सहभागी हुन भने नपाइने पत्रमा उल्लेख गरिएको छ ।
महासंघको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौँ हुने निर्णय भएको थियो । त्यसका लागि सरकारसँग स्वीकृति मागेको थियो ।
पदाधिकारीको निर्णयको अनुमोदन कार्यसमिति बैठकले गर्नेछ । कार्यसमिति अगाडि नै सरकारसँग महासंघले अनुमति लिएको हो ।
पदाधिकारीको निर्णय अनुमोदन गर्न असोज दोस्रो साता कार्यसमितिको बैठक बस्नेछ ।















प्रतिक्रिया