
काठमाडौँ, ९ असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण देखिएको छ ।
बिहीबार स्वास्थ्यमा समस्या आएपछि मेयर महर्जनको पीसीआर परीक्षण गरिएको थियो । महर्जनको शुक्रबार रिपोर्ट आउँदा पोजेटिभ देखिएको महानगरले जनाएको छ ।
हाल मेयर महर्जन आफ्नै निवासमा आइसोलेसनमा रहेको जनाइएको छ ।















प्रतिक्रिया