– सन्दिप भट्ट
चितवन, ६ चैत । पढाईको सिलसिलामा अष्ट्रेलियामा गएका जुटपानी ७ निवासी उज्वल पौडेललाई ब्लड क्यान्सर भएपछि परीवारका सदस्यले सहयोगको लागी आग्रह गरेका छन् ।
गत ०७० साल फागुनमा अष्ट्रेलिया गएका पौडेलको गत ०७१ माघमा ब्लड क्यान्सर भएको थाहा पाएपछि परिवारको सदस्यहरुले सहयोग जुटाउदै हिडेका हुन् ।
उपचारको क्रममा डेढ करोड खर्च लाग्ने भनेपनि आफ्नो सम्पुर्ण जायजेथा जुटाउदा समेत उपचार गर्न खर्च नपुग्ने भन्दै सार्वजनिक रुपमा नै सहयोग जुटाउदै हिँडेका छन्् ।
बुवा डम्मर बहादुर पौडेलले अष्ट्रेलियामा ८ हजार अष्ट्रेलियन डलर जम्मा भएको र वडा स्तरीय आर्थिक संकलन समिति गठन गरी १ लाख १ हजार संकलन गरीएको वताए ।
हाल उज्वलको अवस्था सामान्य भएपनि १ महिनाभित्रमा सहयोग जुटाउनुपर्ने परिवारले जनाएको छ । अष्ट्रेलियामा पनि नेपालीहरुले भरतपुर सहयोग गरेपनि यत्तिले मात्रै अपुग भएको बुवा डम्मरले वताए ।
२१ बर्षीय उज्वलको पारिवारीक अवस्था सामान्य भएकाले उपचारमा समस्या भएको बुबाले वताए ।
८ कट्ठा जग्गा भएको वताउदै बुवाले ग्लोबल आ.एम.ई बैंक टाडींको खाता नम्मर ४२०७०१०००१०६ वा हिमालयन बैंकको ००७०५५३४२९००१६ मा रकम जम्मा गरी आफ्नो छोराको जिवन रक्षा गर्न बुवाले आग्रह गरे ।















प्रतिक्रिया