७ कार्तिक २०८३, शनिबार

झापामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, ९ असोज । झापाको बिर्तामोडमा घरको छटबाट खसेर एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका ५ स्थित घरको छतबाट खसेर १३ वर्षीया बालिका कृतिका भण्डारीको मृत्यु भएको हो ।

बिहीबार राती खाना खाएर छतबाट तल हेर्ने क्रममा गम्भीर घाइते भएकी थिइन् ।

घाइते भएकी उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालिका ५ दिनअघि काठमाडौँबाट मावली घर आएकी थिइन् ।