– सुशील नेपाल
पाल्पा ६ चैत । भुवन विश्वकर्मा तानसेनको एक होटलमा बालश्रमिकका रुपमा काम गर्छन । एकाविहान उठयो होटल सफा ग¥र्यो भाँडा माझ्यो ।
दैनिकी नै त्यसैमा बित्छ उनको । गुल्मी हुँगा घर बताउने उनी ५ कक्षा सम्म नजिकैको विद्यालयमा अध्ययन गरे । पछि बाध्यता भनौँ या के भनौँ बालश्रमिक बन्न पुगे ।
घरपरिवारको आर्थिक अवस्था कमजोर हुनुले नै उनलाई बालश्रमिक बन्न विवशता तुल्यायो । उनी त केवल एक प्रतिनिधि मात्र हुन उनीजस्ता होटलमा काम गर्ने बालश्रमिकको संख्या जिल्लामा कम छैन ।
कोही गरिबीका कारण बालश्रमिक बनेका छन् त कोही परिवार गुमाएका बालश्रमिक बनेका छन् । यि र यस्तै दैनिकी बिताउँछन होटलमा राखिएका बालश्रमिकले ।
यस्ता बालश्रमिहरु सानैबाट न त पढन नै सिक्छन न त अन्य केहि नै, सिक्छन त केवल सधै भाडा माझन र होटलसम्बन्धी नै काम ।
पाल्पा जिल्लामा पनि यस्ता श्रमिकहरु दिन प्रतिदिन बढदै गइरहेको पाइन्छ । यहाँका केही होटलमा साना साना उमेरका बालश्रमिकहरु प्रशस्त मात्रामा भेटाउन सकिन्छ ।
सानो छँदासम्म मालिकको गालि खाँदै काम ग¥यो अन्तमा ठुलो भएपछि भविष्य अन्धकार । हुनत ति अबोध बालबालिकाको यसमा कुनै गल्ति देखिँदैन ।
महिला तथा बालबालिका कार्यालय पाल्पाकी महिला अधिकृत तुलसा अर्याल भन्छिन, ‘यसको मुख्य दोषि नै घरपरिवार र गरिबी हो ।’ उनका अनुसार घरपरिवारको आर्थिक स्थिति नै कमजोर छ भने परिवारले न त उचित शिक्षा दिक्षा दिन सक्छन त न उचित खानपान नै ।
अन्तत बिकल्पमा कुनै होटल वा घरमा कामदारका रुपमा पठाउँछन । यसरी कोही परिवारले गर्दा बालश्रमिक भएका छन भने कोही आफनो बाध्यताले ।
कानुनअनुसार १६ बर्षमुनिका बालबालिकालाई श्रमिकका रुपमा काममा लगाउन पाइँदैन । बालश्रम शोषण गर्ने वा बालबालिकालाई उनिहरुले सक्नेभन्दा भारि काममा लगाउँदा ५ देखि ५० हजार रुपैयाँ जरिवाना वा २ महिनादेखि १ बर्षसम्म कैद वा दुवै सजाए हुन सक्ने कुरा कानुनमा उल्लेख छ तर कानुनको पालना न त उनीहरुलाई काममा लगाउनेले नै गरेको पाइन्छ न त जिम्मेवार पक्षले नै अनुगमन गरेको पाइन्छ ।
बालबालिकाको हितमा काम गर्ने जिल्ला बालकल्याण समितिसंग समेत यसको कुनै डाटा छैन् । बालबालिका अधिकृत हरि सारुका अनुसार ३ बर्षअघि अनुगमन भएपनि त्यसयता भने कुनै अनुगमन हुन सकेको छैन ।
होटल, रेष्टुरेण्ट तथा घरमा बालकामदार रहेपनि उनिहरुलाई पुनस्र्थापना गर्न नसकिने हुनाले पनि कामदारबाट छुटाउन र काममा लगाउनेलाई कारवाहि गर्न नसकिएको महिला अधिकृत तुल्सा अर्याल बताउँछिन ।
तानसेनको भगवतीटोल , बसपार्क , मिशन, प्रभासका होटल तथा घरमा बालकामदार वा बालश्रमिक छयापछायाप्ति भेटाउन सकिन्छ ।















प्रतिक्रिया