७ कार्तिक २०८३, शनिबार

नबिल र कामना बैंकबीच संस्थागत परामर्श सेवासम्बन्धि सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । काठमाडौं नेपाल धितोपत्र बोर्डबाट ईजाजत पत्र प्राप्त नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड र नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच संस्थागत परामर्श सेवासम्बन्धि सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सवीर वादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवासम्बन्धि सेवाहरू यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ ।