
काठमाडौँ, ८ असोज । गरिवी निवारण कोष र युवा तथा साना व्यवसायी स्वरोजगार कोष बीच गरिवी निवारण कोषको सचिवालय, ताहाचलमा दुबै कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई र कल्याण रोक्का दुई बीचका पदाधिकारीहरुको सम्मिलित बैठक सम्मपन्न भयो ।
उक्त छलफलले दुबै निकायहरु बीच स्थानिय तहमा गर्न गरिवी निवारण कोषका उप कार्यकारी निर्देशक अञ्जन न्यौपानेको सम्योजकत्वमा एक कार्यदल गठन गरी १५ दिन भित्र प्रतिबेदन पेश गर्ने निर्णय गरियो ।
गरिवी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले दुई कोषको सहकार्य मार्फत गरिवी निवारण तिब्र रुपमा गर्न सकिने बताए ।
त्यस्तै यूवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष् कल्याण रोक्काले स्थानिय तहमा उद्ययमशिलताको बिकास गरेर मात्र देशको समृद्घि सम्भव भएको उल्लेख गरे ।















प्रतिक्रिया