७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ६०९ सहित उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । काठमाडौँ उपत्यकामा थप ७ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ गरी उपत्यकामा ७ सय ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा वुधबार ६ सय ३७ जनामा संक्रमण देखिएको थियो ।

देशभर बिहीबार थप १ हजार ४ सय ९७जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय ५३ जनाको मृत्यु भइसकेको छ ।