दुबई । नेपाली चलचित्रको इतिहासमा सबैभन्दा सफल तथा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ बिभिन्न देशमा प्रदशनी संगै आगामी अप्रिल १० का दिन दुबईको गोल्डेन सिनेमा हलमा प्रदर्शनी हुने भएको छ ।
नेपालमा करिब १२ करोड धेरैको ब्यापार गरेको यो चलचित्र अष्ट्रेलिया, मलेसिया, अमेरिका द कोरिया लगायतका देशमा प्रदर्शन गरिसकेपछी यस चलचित्र बिभिन्न अड्कलाबाजी होहल्लाका बीच दुबईमा आगामी अप्रिल १० मा प्रदर्शन गर्न तयारी गरिएको छ ।
एभरेष्ट इन्टरनेशनल कन्सल्टेनसीका प्रोपाइटर सालिक सुबेदीको लगानीमा ग्लोबल ब्रिज कन्शलटेनटको ब्यबस्थापनमा प्रदर्शनी हुन लागेको हो ।
कोहिनुर चलचित्र यूएइको हलमा लाग्ने अगाडि देखिनै हल्ला हुने गरे पनि चलचित्र प्रदशनी हुन् नसकिरहेको बेला युएइको नेपाली दर्शकको मागलाई मध्यनजर गरेर प्रदशनीमा ल्याउन लागिएको चलचित्रलाई ब्यबस्थापनमाको जिम्मा लिएकागोबल ब्रिज कन्शलटेनटका प्रोपाइटर ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
यूएइको लागि चलचित्रको अफिसियली मिडिया पाटनर न्युज हिमालय तथा प्रवासी अनलाइन खबर रहेका छन । चलचित्र अभिनय गरेका बिभिन्न कलाकारहरुको उपस्तिथिमा चलचित्र प्रदर्शन अगाडी नै श्रीकृष्णको श्रद्धाञ्जली अर्पण गरिने आयोजकले बताएको छ ।
आकाश अधिकारीले निर्देशन गरेको ‘कोहिनूर’ मा श्रीकृष्ण र पत्नी स्वेताले नै लगानी गरेका हुन् । श्रेष्ठको निधन पश्चात उनको अन्तिम फिल्म हेर्न दर्शकहरु हलहरूमा धेरै भिड लागेको थियो ।
मुम्बईको कोठीमा जीवन चलाउन विवश नेपाली युवतीको कथामा आधारित यो चलचित्र श्रीकृष्णले आफ्नु चेलीबेटी समन्धी चलचित्र बनाउने सपना रहेको बताउदै आएका थिए । उनले आफ्नो सपना त पुरा गरेरै छाडे तर आफैले हलमा गएर हेर्न नपाई उनको निधन भएको थियो ।
श्रीकृष्णले आफ्नो अन्तिम चलचित्रलाई माया गर्न आफ्नो कला आफ्ना दर्शकलाई समपर्ण गरेको बताएको अन्तिक अडियो सार्बजनिक भएपछी नेपाली चलचित्रको इतिहासमा सबै भन्दा बढी चलचित्र सफल बनेको छ ।
कोहिनुर यूएइको सबै शहरमा प्रदशनी गर्ने लक्ष्य लिएको लगानीकर्ता शालिक सुबेदेले बताएका छन् ।















प्रतिक्रिया