३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा खनालको निर्देशनमा ‘छाउ पीडा’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । अमेरिकाको बसाइँलाई भरपुर सदुपयोग गर्दै अभिनेता सरोज खनालको निर्देशनमा पहिलो लघु चलचित्र ‘छाउ पीडा’ निर्माण भएको छ ।

बिश्व भर कोरोना महामारीको कारण बन्दाबन्दीमा अमेरिका आई पुगेका खनालले अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका दोश्रो पुस्ताका बालिकाहरुलाई उक्त लघु चलचित्र ‘छाउ पीडा’मा अभिनय गराएका छन् ।

अभिनेता खनालले कहिले अभिनय नगरेका र नेपाली भाषा सम्म राम्रो बोल्न समेत नजान्ने बालिकाहरूले उक्त लघु चलचित्रमा अभिनय गरेका छन् ।

खनालले भने, ‘अमेरिकामा हुर्केका, बढ्दै गरेका किशोरीहरूले हामीले सोँचेभन्दा ज्यादै राम्रो अभिनय गरेका छन् ।’

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित केसी डान्स सेन्टरको ब्यानरमा बनेको पहिलो लघु चलचित्र छाउ पीडा हो ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्दै नृत्य विधालाई अगाल्दै आएको यस डान्स सेन्टरका प्रशिक्षार्थी नृत्यमा मात्र नभई अभिनयमा पनी त्यतिकै पोख्त रहेको खनालले बताएका छन् ।