७ कार्तिक २०८३, शनिबार

विद्युत प्राधिकरणको गाडी बगाउँदा एकको मृत्यु, २ बेपत्ता, ३ हामफालेर बाँच्न सफल

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ७ असोज । कपिलवस्तुमा नेपाल विद्युत प्राधिकरणको गाडी र गाडीमा सवार ६ जनालाई बगाएको छ ।

वाणगंगा नगरपालिका ७ मोतीपुर भलवाड सडकखण्डमा रहेको कजवेमा आएको बाढीले प्राधिकारणको गाडी बगाएको हो ।

जितपुरस्थित स्वीच सेवाको बा १ ञ १०८९ नम्बरको गाडीलाई बाढीले बगाउँदा गाडीमा सवार ६ मध्ये एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । त्यस्तै, ३ जनाले गाडीबाट हाम फालेर पौडेर ज्यान जोगाएका छन् ।

मृत्यु हुनेमा गाडी चालक गुल्मी घर भएका ३५ वर्षीय माधवप्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ । बेपत्ता २ जना र गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हाम फालेर ज्यान जोगाउनेमा वाणगंगा नगरपालिका वडा नं. ९ की शिक्षिका ३२ वर्षीया कोपिला अधिकारी, विद्युत कर्मचारी २७ वर्षीय विजय पोखरेल र ५९ वर्षीय परशुराम थारु रहेका छन् ।

बाढीका कारण खोजविनमा समस्या भइरहेको बताइएको छ ।