७ कार्तिक २०८३, शनिबार

मैले कसैलाई पाखे भनेको छैन : प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले कसैलाई पाखे नभनेको स्पोष्टोक्ति दिएका छन् ।

ऋषि धमलासँगको अन्तर्वार्तामा थापाले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरू एकपाखे हुन् भनेका थिए ।

उनको अभिव्यक्तिको आलोचना भइरहँदा उनले वुधबार ट्विटरमार्फत आफूले ‘एकपाखे’ भनेकामा यसलाई एकथरी मानिसले अतिरञ्जित गरी दुष्प्रचार गरेको गुनासो गरेका हुन् ।

‘मैले पाखे भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु । त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु ।’