७ कार्तिक २०८३, शनिबार

थप १८ सय ९३ जना कोरोनामुक्त, करिब ५० हजार निको

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ असोज । नेपालमा थप १ हजार ८ सय ९३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ९३ जना संक्रमणमुक्त भएका जानकारी दिए ।

योसहित निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

वुधबार थप १ हजार १ सय ७२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

हाल देशभर १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ४ सय ३६ जना पुगेको छ ।