७ कार्तिक २०८३, शनिबार

निरन्तर वर्षापछि आएको बाढीपहिरो बस्ती नै जोखिममा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फाेटाे

काठमाडौँ, ७ असोज । निरन्तरको वर्षाका कारण पर्वतका जलजला गाउँपालिका ८ फर्सेका पुरै बस्ती जोखिममा परेका छन् ।

बस्तीको बिचमा रहेको ठाडो खोल्सा (सात्खोसी) मा आएको बाढीका कारण एक घर पुरिएको छ भने आसपासका २५ घर पुर्ण रुपमा विस्थापित बनेको जलजला गाउँपालिका ८ का वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिए। बाढीका कारण उक्त गाउँमा रहेका ४५ घर नै जोखिममा परेको उनले बताए ।

त्यसैगरी बाढीका कारण पर्वत, बागलुङ र म्याग्दी जोड्ने झोलुङ्गे पुल समेत जोखिममा परेको छ भने बेनी–मालढुंगा सडक समेत विहानदेखि अवरुद्ध बनेको जिसीले जानकारी दिए ।