७ कार्तिक २०८३, शनिबार

नेपाली भूमिमा घर बनाएका छैनाैँ, याे हाम्राे भूमि हाेः चीन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असाेज । चीनले नेपालको हुम्ला जिल्लामा नेपाली भूमि मिचेर घर बनाएको भन्ने समाचार र आरोपहरूको खण्डन गरेको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेर आरोपहरू अस्वीकार गरेको छ।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भू–भागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् ।

‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ’, चिनियाँ राजदूतावासका प्रवक्ता वाङले भनेका छन् ।

वाङले चीन र नेपाल नजिकको छिमेकी रहेको बताएका छन्। ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ’, उनले भनेका छन्।

हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेका छन्।

सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली गएको थियो।

टोलीले स्थलगत अध्ययन गरेपछि केन्द्रमा रिपोर्ट पठाएको छ।सीमा सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै प्रक्रिया दिएको छैन।

सम्बन्धित मन्त्रालयहरू गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयले यस बारेमा केही पनि बोलेका छैनन्।

वाङले चीन–नेपालको कुनै पनि भू–भाग सम्बन्धमा विवाद नभएको दाबी गरेका छन्।

उनले दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन् ।