
काठमाडौँ, ६ असोज । डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् ।
अनसनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौँ आएका केसीलाई विमानस्थलबाटै प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो ।
केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि त्रिवि शिक्षण अस्पताल सारिएको हो । हाल शिक्षण अस्पतालको इमरजेन्सीमा उनको भर्ना भएको बताइएको छ ।
भदौ २९ गतेदेखि अनसन बसेका उनी मंगलबार काठमाडौँ आइपुगेका हुन् ।















प्रतिक्रिया