७ कार्तिक २०८३, शनिबार

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १०% छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।