७ कार्तिक २०८३, शनिबार

राष्ट्र बैंकले दियो बैंक तथा वित्तीय संस्थाका सबै शाखा खोल्न निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि ३ दिनसम्म बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको हो ।

राजश्व उठाउने म्याद सरकारले २५ गतेसम्म तोकेको भएकाले सबै शाखाहरु खोल्न निर्देशन दिइएको बताइएको छ ।

सीमित शाखामात्रै खोल्दा भिड अत्यधिक हुन्छ भएकोले सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ ।