
काठमाडौँ, ६ असोज । नेपालमा थप ८ सय २३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको छ ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
मंगलबार देशभर थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल देशभर १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ४ सय २९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म निको हुनेमा प्रदेश १ मा ४ हजार ३ सय ९७, प्रदेश २ मा १२ हजार ४ सय ७६, वागमती प्रदेशमा ११ हजार ८ सय ५४, गण्डकी प्रदेशमा २ हजार ८ सय ११ जना रहेका छन् ।
त्यस्तै, प्रदेश ५ मा ७ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ हजार ७ सय ४१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया