७ कार्तिक २०८३, शनिबार

थप १३ सय ५६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय २३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

हाल देशभर १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।