
काठमाडौँ, ५ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल फेरि होम क्वारेन्टाइनमा बसेका छन् ।
मन्त्री ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसारे उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै हिजोबाट नै होम क्वारेन्टाइनमा बसेका हुन् ।
‘उहाँको परिवारको सदस्यलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा बसिरहनु भएको छ।’ तिवारीले भने, ‘भोली या पर्सितिर उहाँको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी छ ।’
तिवारीका अनुसार स्वास्थ्य मन्त्रालय नजाने र नियमित भेटघाट बन्द गरेपनि मन्त्री क्वाटरबाटै मन्त्री ढकालले मन्त्रालयका काम र आवश्यक निर्देशन दिइरहेका छन् ।
यस अघि पनि संक्रमितसँगको सम्पर्कमा आएकाले मन्त्री ढकाल क्वारेन्टाइनमा बसेका थिए ।















प्रतिक्रिया