७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ५३८ सहित उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असोज । काठमाडौँ उपत्यकामा थप ६ सय ७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ सय ३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ गरी उपत्यकामा ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा शनिबार ७ सय ६७ जनामा संक्रमण देखिएको थियो ।

देशभर सोमबार थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।