
काठमाडौँ, ५ असोज । नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।
हाल देशभर १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।















प्रतिक्रिया