मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सीमित श्रोतका बाबजुद खबरदारीमा उत्रिए सञ्चारमाध्यम

दैनिक नेपाल २०७७ असोज ५ गते ६:२२

लण्डन। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आइतबार “महामारीमा सञ्चारमाध्यमको भूमिका” विषयमा छलफल आयोजना गरिएकाे जनाइएकाे छ । उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूले आफ्नो धारणा व्यक्त गरेका छन्।

नेपाल ब्रिटेन डटकमका प्रधानसम्पादक तथा नागरिक दैनिकका लण्डन संवाददाता चिरन शर्माले कोरोना संक्रमण सुरुवात चरणदेखि नै गैर आवासीय नेपाली संघ (एनआरएनए) तथा यसअन्तर्गतको स्वास्थ्यसमितिसँगको सहकार्यमा देश तथा विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अवस्थाबारे प्रतिवेदन तयार गरी आम सञ्चार माध्यममा पुराइएको बताए।

लण्डनमा बसेर सूचना स्रोतसम्म पुग्न अप्ठ्यारो अबस्था रहेकाले सेकेण्डरी सूचनाका स्रोतबाट पनि आममानिसलाई सूसूचित गर्नु परेको उनले जनाए।

कान्तिपुर दैनिकका सहायक सम्पादक देवेन्द्र भट्टराईले महामारीको समयमा पनि मिडियाले आफ्नो तर्फबाट राज्यलाई सक्दो रुपमा खबरदारी गरिरहेको बताए।

नयाँ पत्रिका दैनिककी उपसम्पादक मुना कुँवरले मिडियाको तर्फबाट अनुसन्धानमूलक समाचार सम्प्रेषण गरिरहेको तर सरकारबाट अपेक्षा गरेजति काम हुन नसकेको बताइन्।

प्रतिक्रिया
सम्बन्धित