७ कार्तिक २०८३, शनिबार

ठूला नेतालाई झापड हान्न आएकी भनेपछि बालिका खड्का पेरिसडाँडाबाट पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । कोटेश्वरस्थित पेरिसडाँडाबाट दोलखाकी बालिका खड्का पक्राउ परेकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको बेला खड्का पक्राउ परेकी हुन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनले केहीदिन अघि मुद्दा फिर्ता लिएकी थिइन् । प्रमाण पुर्याउन नसकेको भन्दै मुद्दा फिर्ता लिएको बताएकी थिइन् । खडकाले मुख्यमन्त्री राईमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै आएकी थिइन् ।

खड्का पेरिसडाँडामा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ ।