
काठमाडौँ, ४ असोज । नेपालमा थप ९ सय ६६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।
आइतबार थप १ हजार ३ सय २५ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।
हाल देशभर १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ४ सय ११ जना पुगेको छ ।















प्रतिक्रिया